काठमाडौं । आउँदो असोज ४ देखि १३ गतेसम्म (तदानुसार सेप्टेम्बर २१ देखि ३० सम्म) काठमाडौंमा आयोजना हुन गईरहेको साफ यु–१९ च्याम्पियनसिपका लागि नेपाली टोली तयारी पार्न देशव्यापी रुपमा खुला छनौट कार्यक्रम हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्र जारी गर्दै आफू मातहतका सातै प्रदेश फुटबल संघ र ४८ जिल्ला फुटबल संघहरुलाई छनौट कार्यक्रम गर्न निर्देशन दिएको हो ।
यु–१९ खेलाडी छनौट कार्यक्रम पनि तीन चरणमा हुने एन्फाले पत्रमा उल्लेख गरेको छ । जसअनुसार जिल्लास्तरीय छनौट कार्यक्रम साउन १० देखि १६ गतेसम्म हुनेछ भने प्रदेशस्तरीय छनौट साउन १९ देखि २३ गतेसम्म हुनेछ । त्यस्तै अन्तिम छनौट कार्यक्रम साउन २६ देखि ३० गतेसम्म एन्फा कम्प्लेक्समा हुने पत्रमा उल्लेख छ ।
छनौट कार्यक्रममा सहभागि हुन चाहने खेलाडीहरुको जन्ममिति वि.सं. २०६१ पौष १७ गते र त्यसपछि (१ जनवरी २००५ वा त्यसपछि) को हुनुपर्नेछ । साथै छनौट कार्यक्रममा आउँदा नागरिकता वा पासपोर्ट अनिवार्य साथमा ल्याउनुपर्ने पनि एन्फाले जनाएको छ ।

- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान