काठमाडौं । फराकिलो जितका साथ शनिबार सम्पन्न भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरले जितेको छ । फाइनलमा ललितपुरले गोकर्णेश्वर नगरपालिकालाई ७–२ को फराकिलो अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो ।
कपनस्थित कपअन स्पोटर््स सेन्टरमा भएको फाइनल भिडन्तमा ललितपुरका लागि मनिष खड्का एक्लैले ६ गोल गर्दै डबल ह्याट्रिक पूरा गरे । त्यस्तै सुयोग थापाले थप एक गोल गरेका थिए । उता पराजित गोकर्णेश्वरका लागि सागर थिङ र सरोज थिङले एक–एक गोल गरे ।
विजेता बनेको ललितपुर महानगरले उपाधिसँगै नगद २ लाख हात पार्यो भने उपविजेता बनेको गोकर्णेश्वर नगरपालिकाले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
प्रतियोगिताको विजेता र उपविजेता टोलीका खेलाडी एवं अफिसियलहरुलाई आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष छितिज थेबे लगायतका अतिथीहरुहरुले पुरस्कृत गरेका थिए ।
राष्ट्रिय युवा संघ नेपालले उपत्यकाका प्रत्येक स्थानीय तहहरुमा आन्तरिक छनोट प्रतियोगिता अयाोजना गर्दै प्रतियोगिताका लागि टोली तयार पारेको थियो । फाइनल खेलमा उपत्यकाका विभिन्न २१ पालिका टोलीहरुको सहभागिता रहेको थियो ।
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि