काठमाडौं । थाइल्याण्डमा जारी एएफसी यु–१७ एसियन कपको समूह चरणको अन्तिम खेलहरु शुक्रबारदेखि समाप्त भएका छन् । समूह डी तर्फको अन्तिम दुई खेलमा साविक विजेता जापान र उज्वेकिस्तानले जित हात पार्दै क्रमशः समूह विजेता र उपविजेताका रुपमा क्वाटरफाइनलमा प्रवेश गर्न पनि सफल भएका छन् ।
बैंकक स्थित राजामंगला स्टेडियममा भएको जापान र भारतबीचको खेलमा गोलको वर्षा भएको थियो । खेलमा जापानले जुझारु भारतमाथि ८–४ को जित निकाल्यो । खेलको दोस्रो हाफमा दावेदार जापानमाथि बलियो चुनौति पेश गरेको भारतले फराकिलो हार भने टार्न सकेन ।
त्यस्तै थम्मसत स्टेडियममा भएको समूह डी कै अर्को खेलमा उज्वेकिस्तानले भियतनाममाथि १–० को जित निकाल्यो । तीन खेलबाट समान ७–७ अंक जोडेका जापान र उज्वेकिस्तान गोलभिन्नताले क्रमशः समूह विजेता र उपविजेता बने । त्यस्तै १–१ अंक जोडेको भारत र भियतनाम तेस्रो र चौथो स्थानमा रहेर समूह चरणबाटै बाहिरिए ।
क्वाटरफाइनल समिकरण पनि पूरा
शुक्रबार समूह डी बाट जापान र उज्वेकिस्तान क्वाटरफाइनलमा प्रवेश गरेसँगै प्रतियोगिताको क्वाटरफाइनल समिकरण पनि पूरा भएको छ । क्वाटरफाइनल खेलहरु आइतबार र सोमबार हुँदैछन् ।
आइतबार हुने पहिलो क्वाटरफाइनलमा इरानले यमनको सामना गर्नेछ भने सोही दिन हुने दोस्रो क्वाटरफाइनलमा आयोजक थाइल्याण्ड र दक्षिण कोरिया भिड्ने छन् । त्यस्तै सोमबार हुने तेस्रो क्वाटरफाइनलमा जापानले अष्ट्रेलियाको सामना गर्नेछ भने उज्वेकिस्तानले साउदी अरेबियासँग भिड्नेछ ।
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट