News
दोस्रो बी–ब्वाईज कप फुटसल हुने
काठमाडौं । बी–ब्वाईज र बल्खु ब्वाईजको संयुक्त आयोजनामा यही आउँदो असार १५ र १६ गतेका दिन दोस्रो बी–ब्वाईज कप खुला फुटसल प्रतियोगिता हुने भएको छ ।
मदननगर–१४, बल्खु स्थित भिजन नोवा फुटसलमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क १० हजार तोकिएको छ । प्रतियोगितामा बढीमा ३२ टोलीहरुलाई सहभागि गराईने आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि जनही ५–५ हजारसहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि