News
एसइइ फुटसल कप हुँदै
काठमाडौं । ब्राईट फ्युचर सेकेण्डरी स्कुल र स्पार्कल इन्टरनेशनल एजुकेशन इन्स्टिच्युटको संयुक्त आयोजनामा यही बैशाख ६ देखि ८ गतेसम्म भर्खरै एसइइ दिएर बसेका विद्यार्थीहरुको टोलीबीच एसइइ फुटसल कप हुने भएको छ ।
इच्छुक टोलीहरुका लागि यही बैशाख ५ गतेसम्म टिमदर्ता गर्ने अन्तिम मिति तोकिएको छ । साथै टिमदर्ता शुल्क ५ हजार रहेको पनि आयोजका अनुप मगरले जानकारी दिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले २५ हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीलाई १२ हजार र चौथो स्थान हासिल गर्ने टोलीलाई ६ हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकका अर्का सदस्य प्रेमराज गुरुङ्गले बताए ।
अन्य व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि