News
अन्तर्राष्ट्रिय फुटबल खेलाडीहरुको तथ्यांक संकलन गरिने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्व अन्तर्राष्ट्रिय सिनियर पुरुष तथा महिला फुटबल खेलाडीहरुको तथ्यांक संकलन गर्ने भएको छ । एन्फाका अनुसार तथ्यांक संकलन गरि सम्बन्धित खेलाडीहरुलाई गोल्ड कार्ड पनि वितरण गरिनेछ ।
एन्फाले पत्र जारी गर्दै उक्त विवरणका लागि एन्फाको आधिकारिक वेबसाईटमा गएर गोल्ड कार्ड फारम भरि एन्फाको सचिवालयमा बुझाउन अनुरोध समेत गरेको छ । प्राप्त फारामहरुबाट विवरण प्रमाणित गरि एन्फाले गोल्ड कार्ड दिने बताएको छ ।
यो तथ्यांक संकलन र गोल्ड कार्ड वितरण कार्यले नेपाली फुटबल खेलको इतिहास संरक्षण गर्ने तथा खेलाडीहरुले सम्मान प्राप्त गर्ने विश्वास एन्फाले लिएको छ ।

Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)