News
ओलम्पिक छनौटः भियतनामसँग नेपाल निराश

काठमाडौं । पेरिस ओलम्पिकको महिला फुटबलतर्फ एसियाली छनौटमा पहिलो चरणको आफ्नो पहिलो खेलमा नेपालले निराशाजनक हार बेहोरेको छ । बुधबार दशरथ रंगशालामा भएको खेलमा नेपालले बलियो भियतनामसँग १–५ को हार बेहोरेको हो ।
नेपालले पहिलो हाफ मै तीन गोल खाएको थियो । जसमा अमृता जैशीको एक आत्मघाती गोल पनि थियो । थप दुई गोल भने नेपालले दोस्रो हाफमा खाएको थियो । उता नेपालका लागि एक मात्र गोल ७९औं मिनटमा साबित्रा भण्डारीले फर्काएकी थिईन् । तर टोलीलाई हारबाट भने जोगाउन सकेनन् ।
यो हारसागै नेपालको दोस्रा चरणमा प्रवेश गर्ने सम्भावना कठिन बनेको छ । नेपाल र भियतनामबीचको दोस्रो खेल आउँदो शनिबार हुनेछ । जुन खेलमा नेपालले दोस्रो चरणमा प्रवेश गर्नका लागि फराकिलो अन्तरको जित र उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ ।
Post Comments
Related News
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने
- एएफसी च्याम्पियन्स लिग इलिटः अल हिलालको चुनौति सेमिफाइनलबाटै समाप्त
- एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ समूह ए मा नेपाल
- उज्वेकिस्तानलाई एएफसी यु–१७ एसियन कपको उपाधि