News
रारा र डाँडाबजार फाइनलमा भिड्ने
धनकुटा । दोस्रो डाँडाबजार गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा रारा फुटबल क्लब र आयोजक डाँडाबजार फुटबल क्लब भिड्ने भएका छन् ।
पहिलो सेमिफाइनलमा राराले पञ्चायन फुटबल क्लबलाई २–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै दोस्रो सेमिफाइनलमा आयोजक डाँडाबजारले धरान सिटी फुटबल क्लबलाई ५–१ ले हराउँदै फाइनलमा रारासँगको भेट पक्का गरेको हो ।
डाँडाबजार फुटबल क्लब, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल आज हुँदैछ ।
Post Comments
Related News
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा