News
लामा फुटसल समितिको संयोजकमा मनोनित
काठमाडौं । मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष तथा नेपाली फुटबलका युवा अभियन्ता टिकाराम लामा अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल समिति संयोजकमा मनोनित भएका छन् ।
एन्फाको कार्यसमितिको बैठकले संघको विधान २०७७ संस्करणको धारा (५१) बमोजिम लामालाई फुटसल समिति संयोजकमा मनोनित गरिएको हो ।
स्मरण रहोस, लामा एन्फा कै कार्यसमिति सदस्य समेत हुन् । केन्द्रदेखि मोफसलसम्मका फुटबल गतिविधीमा आफूलाई निरन्तर चलायमान राखेका लामाकै नेतृत्वमा भर्खरै हेटौडामा स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकप पनि सम्पन्न भएको थियो ।
टिकाराम लामाको संयोजकत्वमा नेपाली फुटसलले विकास र विस्तारको बाटो थप पहिल्याउन सफल हुने विश्वास एन्फाले गरेको पत्रमा उल्लेख छ ।

Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”