News
आयोजक ल्याबोरेटरी र ग्रीन भिलेज फाइनलमा
किर्तिपुर । आयोजक ल्याबोरेटरी सेकेण्डरी स्कुल र ग्रीन भिलेज एजुकेशन फाउण्डेशन यहाँ जारी किर्तिपुर प्याब्सन कप विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
आयोजक स्कुलको खेलमैदानमा भएको दुई सेमिफाइनलतर्फ ल्याबोरेटरीले न्यु होराईजन एकेडेमीलाई ५–२ ले हरायो भने ग्रीन भिलेजले एसियाली तारापुञ्जलाई ३–० ले हराउँदै फाइनल स्थान पक्का गर्यो ।
सेमिफाइनलमा पराजित भएका दुई टोली न्यु होराइजन र एसियाली तारापुञ्जले तेस्रो स्थानका लागि शुक्रबार प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै आयोजक ल्याबोरेटरी र ग्रीन भिलेजबीचको फाइनल खेल भने माघ २१ गते शनिबारका दिन हुने खेल संयोजक महेन्द्र चिलुवालले जानकारी दिए ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन