News
किर्तिपुर प्याब्सन कपमा एसियाली, मेगस, न्यु होराईजन र पुष्पसदनको जित

काठमाडौं । ल्याबोरेटरी सेकेण्डरी स्कुल, किर्तिपुर, काठमाडौंको आयोजनामा जारी किर्तिपुर प्याब्सन कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा सोमबार चार खेलहरु सम्पन्न भएका छन् ।
आयोजक स्कुलको खेलमैदानमा भएको खेलमा एसियाली तारापुञ्जले उज्जवल शिशुलाई शून्यका विरुद्ध ७ गोलको फराकिलो अन्तरले हरायो । अर्को खेलमा मेगस इङ्गलिस स्कुलले बागभैरव स्कुललाई ३–० ले निराश तुल्यायो ।
त्यसैगरी दिनकै तेस्रो खेलमा न्यु होराईजनले साउथ भ्यालीलाई २–१ ले हराउँदा पुष्पसदनले आयोजक ल्याबोरेटरी स्कुल (बी) लाई २–१ ले पराजित गर्यो । प्रतियोगिता अन्तरगत माघ १७ गते मंगलबार पनि तीन खेलहरु हुने प्रतियोगिता संयोजक महेन्द्र चिलुवालले जानकारी दिए ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै