News
जिवाइसी, मेछायम र सिर्जना संगमलाई सफलता

म्याङलुङ । यहाँ जारी सनराईज कप खुला नकआउट फुटबल प्रतियोगितामा जिवाइसी मोरहाङ, मेछायम गाउँपालिका र सिर्जना संगक क्लबले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।
म्याङलुङ–८, कोबेक स्थित स्थानीय खेलमैदानमा भएको खेलमा जिवाइसीले म्याङलुङ क्लबलाई ३–१ ले हरायो । मेछायमले एसआई जिरीखम्तिीलाई ३–० ले पराजित गर्यो भने सिर्जना संगमले वाक ओभरमा जित निकाल्यो । विपक्षी टोली ड्रिम ब्वाईज मैदानमा उपस्थित नभएपछि सिर्जना संगमलाई विजयी घोषित गरिएको आयोजकले जानकारी दियो ।
सनराईज युवा क्लब, म्याङलुङ–८, कोबेक, तेह्रथुमको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २१ हजार हात पार्नेछ भने उपविजेताले ६१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
Post Comments
Related News
- तेह्रथुमकी सेमिहाङमा साफ गेम खेल्न बंगालादेश जॉदै
- केलाङ मेला तेह्रथुमको उपाधि चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई
- केलाङ मेला तेह्रथुमः उपाधिका लागि चुलाचुली र सम्दुको भिडन्त पक्का
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो