News
कासेरेन्योसँग काठमाडौं–११ पराजित

काठमाडौं । फुटबलको माध्यमबाट नेपाली खेलकुद र पर्यटन प्रवद्र्धन गर्न नेपाल भ्रमणमा रहेको स्पेनिस क्लब सिपी कासेरेन्योले आफ्नो दोस्रो मैत्रीपूर्ण खेलमा पनि जित निकालेको छ ।
बिहीबार दशरथ रंगशालामा सम्पन्न खेलमा कासेरेन्योले घरेलु टोली काठमाडौं–११ माथि २–१ को जित निकाल्यो । खेलको ४०औं मिनटमा अल्वारो क्लाउसीको गोलबाट कासेरेन्योले अग्रता लिएको थियो ।
खेलको ८२औं मिनटमा डेविड ग्राण्डेले त्यो अग्रता दोब्बर पारे । जुन खेलको निर्णायक पनि बन्यो । उता काठमाडौंका लागि ८६औं मिनटमा जर्ज प्रिन्स कार्कीले एक मात्र सान्त्वना गोल फर्काए ।
लुम्बिनी गार्डेन फाउण्डेशनको आयोजना र व्यवस्थापनमा नेपाल आएको सिपी कासेरेन्योले बुधबार मात्रै आफ्नो पहिलो मैत्रीपूर्ण खेलमा गण्डकी–११ लाई शून्यका विरुद्ध ३ गोलले हराएको थियो ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय