
काठमाडौं । नेपालको घरेलु फुटबल थप जटिलतातर्फ धकेलिएको आभाष हुन थालेको छ । हरेक दिन फुटबललाई आफ्नो सर्वोपरि ठान्ने खेलाडीहरु बाध्यतावश विदेशिन थालेका छन् । फुटबल गतिविधी शून्य हुनु, सम्बन्धित निकायले ठोस निर्णय र काम गर्न नसक्नु खेलाडीहरु पलायनको एउटा मुख्य कारण बनेको छ ।
पछिल्ला केही महिना यता नेपाली फुटबल खेलाडीहरु विदेशिने क्रम जारी रहेको बेला यहि सूचीमा विभागीय टोलीका खेलाडीहरु पनि थपिन थालेका छन् । फुटबलमा विभागीय टिमका खेलाडीलाई स्वदेश मै खेलेर केही सहज हुने अनुमान गरिए तापनि त्यो अब वास्तविकता नहुने देखिएको छ ।
नेपाल पुलिस क्लबका महत्वपूर्ण गोलरक्षक रोशन खड्का परिवार र आफ्नो सुनिश्चित भविष्यका लागि दुबईतर्फ हानिएका छन् । त्यस्तै त्रिभुवन आर्मी फुटबल क्लबका लागि खेलिसकेका गोलरक्ष गणदिप खड्का र आर्मी कै अर्का खेलाडी विवेक बस्नेत पनि विदेशिएका छन् ।
पछिल्लो महिना यता राष्ट्रिय टोलीमा राम्रो स्थान बनाईसकेका सुमन अर्याल, आशिष लामा, सुमन लामा, आकाश बुढा मगर जस्ता खेलाडीहरु पनि विदेशिएका छन् ।
नेपाली फुटबलको मेरुदण्ड मानिएको शिर्ष घरेलु लिग हुने अझै निश्चित नहुनुले पनि खेलाडीहरु मर्कामा छन् । भईरहेका कतिपय सानाठूला फुटबल प्रतियोगिताहरुले खेलाडीहरुको भविष्य निर्धारण गर्न नसक्ने अवस्था आएपछि अन्तिम विकल्पका रुपमा खेलाडीहरु विदेशिन बाध्य भईरहेका छन् ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय