
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन लिग क्लबहरुबीच बिहीबार बसेको बैठक ठोस निष्कर्षविहीन रुपमै टुंगिएको छ । लिग आयोजना र क्लबहरुको मागबारे आवश्यक छलफल गर्न बसेको बैठक एक सातापछि पौष १४ गते फेरि बस्ने गरि निष्कर्षविहीन रुपमा सकिएको हो ।
दुवै पक्ष सकेसम्म प्याकेज मै सहमति गर्ने पक्षमा छन् । बैठकमा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्षद्वय दावा लामा, दिपक खतिवडा, महासचिव किरन राई लगायतको उपस्थिति थियो । त्यस्तै उता १४ क्लबहरु कै प्रतिनिधीहरुको पनि उपस्थिति रहेको थियो ।
दुवै पक्षबीचको बैठक अनिर्णित रुपमा सकिएपछि यहि पौष २६ गतेदेखि शुरु गर्ने भनिएको शहिद स्मारक ए डिभिजन लिगको मिति थप पछि सर्ने निश्चित बनेको छ । यसअघि एन्फाले लिगको मिति घोषणा गर्दै सम्बन्धित क्लबहरुलाई दिनुपर्ने आवश्यक खर्च घोषणा गरेबमोजिम समयमै नदिएपछि क्लबहरुले निर्धारित मिति मै लिग नखेल्ने अडान राखेका थिए ।
यसपटक एन्फाले डबल राउण्ड रोबिनमा लिग खेलाउने घोषणा गरेको थियो । साथै एन्फाले लिग उपत्यका बाहिर पनि आयोजना गर्ने योजना बनाएको थियो । नेपाली फुटबलको मेरुदण्ड मानिएको महत्वाकांक्षी शिर्ष लिगबारे अन्यौलता थपिंदा यसले खेलाडीहरुमा पनि नैराश्यता पैदा गरेको छ ।
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न