
काठमाडौं । एएफसी एसियन कप छनौट खेल्न बन्द प्रशिक्षणमा व्यस्त रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले एभनिर एफसी, क्यामरुन विरुद्धको पाँचौं खेलमा जित दर्ता गरेको छ ।
शनिबार दशरथ रंगशालामा भएको अभ्यास खेलमा नेपालले एभनिरलाई २–१ ले हराएको हो । नेपालका लागि दुवै गोल नवयुग श्रेष्ठले गरे । स्मरण रहोस, गत साता मात्र सम्पन्न चौथो अभ्यास खेलमा नेपालले एभनिरसँग २–१ को हार बेहोरेको थियो ।
हालसम्म नेपाल र एभनिर बीच भएको कुल पाँच खेलहरुमध्ये दुईमा नेपालको जित पारेको छ भने एक खेलमा एभनिरले जित निकालेको छ । त्यस्तै थप दुई खेल भने बराबरीमा सकिएका छन् ।
स्मरण रहोस, एएफसी एसियन कप छनौटतर्फ समूह ए मा परेको नेपालले आयोजक कुवेत, जोर्डन र इण्डोनेसियासँग खेल्ने कार्यक्रम छ । जसअन्तरगत जुन ८ तारीखका दिन नेपालले जोर्डनसँग खेल्नेछ भने ११ तारीखका दिन कुवेतसँग खेल्नेछ । त्यस्तै १४ जुनका दिन इण्डोनेसियासँग खेल्ने कार्यक्रम छ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय