News
जकार्ताबाट अलग भए रोहित

काठमाडौं । नेपालका चर्चित मिडफिल्डर रोहित चन्द इण्डोनेसियन सुपर लिग क्लब पर्सिजा जकार्ताबाट अलग भएका छन् । क्लबले शनिबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत रोहितसँगको सम्झौता समाप्त गरेको कुरा घोषणा गरेको छ ।
सन् २०१७ मा इण्डोनेसियन क्लबमा आवद्ध भएका रोहितले त्यहाँ पाँच सिजन बिताउने केही मुख्य उपाधिहरु पनि जितेका थिए । त्यसमध्ये सन् २०१८ मा जकार्तालाई लिग च्याम्पियन बनाउनु उनको सबैभन्दा ठूलो सफलता थियो । त्यतिबेला रोहितले लिगको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल पनि हात पारेका थिए ।
जकार्ताबाट अलग भए तापनि इण्डोनेसिया कै अन्य शिर्ष क्लबहरुले रोहितलाई अनुवन्ध गर्न इच्छुक रहेको बताइएको छ । यद्यपि यसबारे अहिले नै कुनै निर्णय भने भईसकेको छैन ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय