News
प्रशिक्षक थापाको बढुवा
काठमाडौं । नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक अनन्त थापा प्रहरी पेशा मै कार्यरत छन् । विगत लामो समयदेखि पुलिस क्लबको प्रशिक्षकीय जिम्मेवारी हाँकीरहेका थापा प्रहरी वरिष्ठ नायव निरीक्षकमा बढुवा भएका छन् ।
थापाले कुराकानीका क्रममा आफू यो पदमा बढुवा भएको केही पहिले नै भएता पनि आफ्ना सबै शुभचिन्तकहरुलाई यसबारे थाहा नभएको बताए । साथै उनले सबैको माया, शुभेच्छा र साथले आफू निरन्तर अगाडी बढीरहेको पनि बताए ।
पुलिस क्लबकै पूर्व खेलाडी समेत रहेका थापाले जागिरसँगै प्रशिक्षकीय जिम्मेवारी पनि पूरा गर्न आफूलाई सधै खुशी लाग्ने गरेको बताए । नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका थापा एएफसी ए लाइसेन्स फुटबल प्रशिक्षक पनि हुन् ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै