काठमाडौं । नेपाली फुटबलमा कुशल खेलाडी र प्रशिक्षकको परिचय बनाएका कुमार थापा सशस्त्र प्रहरी बलमा पनि जागिरे छन् भन्ने कुरा धेरैलाई अवगत नै छ । एपिएफका लागि क्लब फुटबलमा थापाले पुर्याएको योगदानको उच्च कदर र मूल्यांकन गर्दै उनको सशस्त्र प्रहरी बलमा पदौन्नती पनि भएको छ ।
एपिएफ क्लबलाई आफ्नै प्रशिक्षकीय जिम्मेवारीमा केही महिना अघि पोखरामा सम्पन्न प्रतिष्ठित आहा! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको ऐतिहासिक उपाधि जिताएका थापा सशस्त्र प्रहरीको नायव उपरिक्षक पदमा बढुवा भएका छन् ।
नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका थापाले क्लब फुटबलमा अधिकांश समय मनाङ मस्र्याङ्दी क्लबका लागि खेल्दै थुप्रै उपाधि समेत जितेका छन् । क्लब फुटबलमा पनि राम्रा प्रशिक्षकका रुपमा दरिएका थापासँग एएफसी ए कोचिङ लाईसेन्स पनि छ ।
थापा कै प्रशिक्षकीय जिम्मेवारीमा एपिएफले शहिद स्मारक ए डिभिजन लिग पनि खेलेको थियो । तुलनात्मक रुपमा खारिएको प्रदर्शन गर्न नसके तापनि एपिएफले लिग अवधिभर १३ खेलबाट १५ अंकका साथ आठौं स्थानमा रहेर लिगको समापन गरेको थियो ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै