काठमाडौं । एएफसी एसियन कप छनौट खेल्ने तयारीमा रहेको राष्ट्रिय पुरुष फुटबल टोलीमा विवाद चर्किएको छ । हाल बन्द प्रशिक्षणमा रहेका कुल २५ मध्ये केही महत्वपूर्ण खेलाडीहरुले प्रशिक्षण छाडेर बाहिरिएको खबर विभिन्न सञ्चारमाध्यमहरुले पनि जनाएका छन् ।
अनलाईनखबरका अनुसार बन्द प्रशिक्षणमा रहेका ९ खेलाडीहरुले प्रशिक्षण छाडेको जनाएको छ । मंगलबार ९ खेलाडीहरुले आफु बस्ने होटल छाडेको अनलाईनखबरले समाचार प्रकाशित गरेको छ । यसबारे व्यवस्थापन पक्षले एन्फालाई पनि जानकारी गराईसकेको बताइएको छ ।
त्यस्तै ग्यालेक्सी फोरकेले मुख्य प्रशिक्षण अब्दुला अल्मुतारी र खेलाडीहरुबीच विवाद उब्जिएको जनाएको छ । ग्यालेक्सीका अनुसार राष्ट्रिय टोलीबाट रोहित चन्दलाई निकाल्ने निर्णयपछि अन्य खेलाडीहरु रुष्ट बनेको बताइएको छ ।
स्मरण रहोस, हाल बन्द प्रशिक्षणमा रहेको नेपाली टोली छिटै थप प्रशिक्षण र अभ्यासका लागि कतार जाने कार्यक्रम छ । साथै कतारमा नेपालले अफगानिस्तानसँग २३ र २४ मईका दिन दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम पनि छ ।
एएफसी एसियन कप छनौटतर्फ समूह ए मा परेको नेपालले आयोजक कुवेतसँगै इण्डोनेसिया र जोर्डनसँग जुन महिनामा छनौट प्रतियोगिता खेल्ने पनि तय भईसकेको छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै