
काठमाडौं । खुमलटार युथ क्लबले आफ्नो क्लब इतिहास मै पहिलोपटक शहिद स्मारक ए डिभिजन लिग खेल्ने पक्का भएको छ । आइतबार बी डिभिजन लिगको अन्तिम खेलमा खुमलटारले सामाजिक युथ क्लबलाई २–१ ले हरायो र ऐतिहासिक उपलब्धी हासिल गर्यो ।
खुमलटारको जितमा खेलको १४औं मिनटमा सबिन केसीले पहिलो गोल गरे । यद्यपि खेलको ५७औं मिनटमा सुरेश खत्रीले सामाजिक युथ क्लबका लागि बराबरी गोल फर्काए । तर सामाजिक युथले त्यो बराबरी गोलको खुशी अन्तिमसम्म मनाउन सकेन । खेलको अन्तिमतिर बिकास लिम्बुले आत्मघाती गोल गरेपछि सामाजिक युथ निराश बन्न पुगेको थियो ।
यो जितपछि लिगतालिकाको दोस्रो स्थानमा रहेर चर्च ब्वाईज युनाइटेडसँगै खुमलटार पनि ए डिभिजनमा बढुवा भयो । उता खुमलटारसँगै समान अंक भए तापनि हेड टु हेडका आधारमा रानीपोखरी कर्नर टिम (आरसिटी) तेस्रो स्थानमा रहन बाध्य भयो । आरसिटीले टुसाल युथ क्लबसँग गोलरहित बराबरी खेल्नु नै दुर्भाग्यपुर्ण बन्यो ।
त्यसैगरी सामाजिक युथ क्लब र झम्सीखेल युथ क्लब सी डिभिजनमा घटुवा भएका छन् । रेलिगेशनमा परेका यी दुवै टोलीले आगामी सिजन सी डिभिजन लिगमा प्रतिस्पर्धा गर्ने छन् ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै