काठमाडौं । लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबको प्रतिष्ठित एएफसी कप खेल्ने सपना प्रारम्भिक चरणबाटै समाप्त भएको छ । मंगलबार दशरथ रंगशालामा भएको दक्षिण एसिया क्षेत्रको प्रारम्भिक चरणको खेलमा मच्छिन्द्रले श्रीलंकन लिग च्याम्पियन ब्लु स्टार एससीसँग २–१ निराश बन्न पुग्यो ।
दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले पहिलो हाफको २४औं मिनटमा गोल खान पुगेको थियो । श्रीलंकन क्लबका लागि काइयुनले पहिलो गोल गरे । त्यसको चार मिनट लगतै शेनलले दोस्रो गोल थप्दै पाहुना टोलीको जित पहिलो हाफ मै सुनिश्चित गरे ।
खेलको १६औं मिनटमा ब्लु स्टारले पेनाल्टीको अवसर पनि पाएको थियो । तर त्यो पेनाल्टी प्रहारलाई मच्छिन्द्रका अनुभवी गोलरक्षक बिशाल श्रेष्ठले विफल तुल्याईदिएका थिए । यद्यपि बिशालको त्यो पेनाल्टी सेभले पनि मच्छिन्द्रको हार भने टार्न सकेन ।
उता मच्छिन्द्रका लागि अन्तिमतिर इन्जुरी समयमा कप्तान सुजल श्रेष्ठले एक गोल फर्काए तापनि घरेलु टोलीलाई हारबाट भने जोगाउन सकेनन् । जित निकालेको ब्लु स्टारले अब प्रारम्भिक चरणको अर्को खेलमा चर्चित भारतीय क्लब एटिके मोहन बगानसँग १२ अप्रिलका दिन खेल्नेछ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न