News
रामेछापलाई याङ्गला पोतोल कपको उपाधि
काठमाडौं । घुमरचोक युवा क्लबको आयोजनामा भएको याङ्गला पोतोल कप नकआउट फुटबल प्रतियोगिताको उपाधि रामेछाप युथ क्लबले जितेको छ ।
शंखरापुर–६ साँखु स्थित सलम्बुटार फुटबल मैदानमा भएको फाइनलमा आयोजक घुमरचोक युथ क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै रामेछाप च्याम्पियन बनेको हो ।
विजेता बनेको रामेछापले उपाधिसहित नगद ५० हजार हात पार्यो । त्यस्तै उपविजेता घुमरचोकले २५ हजार नगदसहित ट्रफी, प्रमाणपत्र र मेडलमा चित्त बुझाउन बाध्य भयो ।
Post Comments
Related News
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट