काठमाडौं । किरन चेम्जोङ आवद्ध माजिया स्पोर्टस एण्ड रिक्रियशनले माल्दिभ्सको प्रतिष्ठित प्रेसिडेन्ट कपमा आफ्नो उत्कृष्ट जितको लयलाई कायम राखेको छ ।
राउण्ड रोबिन लिगका आधारमा भईरहेको प्रतियोगिताको चौथो राउण्डमा माजियाले आइतबार डा ग्राण्डीलाई ६–१ को फराकिलो अन्तरले हरायो । माजियाको जितमा इब्राहिम वाहिद र हम्जा मोहम्मदले २–२ गोल गरे । त्यस्तै कर्नेलुस स्टिवार्ट र मोहम्मद उमैरले थप एक–एक गोल गरेका थिए ।
खेलमा माजिया कै हम्जा मोहम्मद म्यान अफ द म्याच घोषित भए । यो नतिजासँगै लगातार चौथो जित हात पारेको माजिया १२ अंकका साथ शिर्ष स्थानमा छ । प्रतियोगितामा कुल ८ टोलीहरु सहभागि छन् ।
सहभागि टोलीहरुले सात चरणमा एक आपसमा राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । समूहको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल २३ जनवरीका दिन हुनेछ ।
यसै सिजनका लागि माजियामा आवद्ध भएका नेपालका नम्बर एक गोलरक्षक किरनले भने टोलीका लागि शुरुवातबाटै पहिलो रोजाईमा रहेर खेलिरहेका छन् ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल