काठमाडौं । यसै महिना ताजिकिस्तानमा हुन गईरहेको एएफसी यु–२३ एसियन कप छनौट खेल्ने तयारीमा रहेको नेपालले इण्डोनेसियाको यु–२३ फुटबल टोलीसँग मैत्रीपुर्ण फुटबल म्याच खेल्न सक्ने सम्भावना रहेको बताइएको छ ।
यद्यपि यो मैत्रीपुर्ण फुटबल म्याचबारे दुवै देशका सम्बन्धित निकायले आधिकारिक रुपमा पुष्टी गरेका भने छैनन् । खबरअनुसार यदि योजना अनुसार सबै कुरा सामान्य रहे यी दुई देशबीच ताजिकिस्तान कै राजधानी दुबान्बेमा २२ अक्टुबरका दिन मैत्रीपुर्ण फुटबल म्याच हुने बताइएको छ ।
स्मरण रहोस, एएफसी यु–२३ एसियन कप छनौट प्रतियोगितातर्फ नेपाल समूह बी मा परेको छ । जहाँ नेपालले बलियो इरानसँगै लेबनान र ताजिकिस्तानसँग खेल्ने कार्यक्रम छ । समूह बी का सबै खेलहरु ताजिकिस्तानमा हुनेछन् ।
नेपालले आफ्नो पहिलो खेल अक्टुबर २५ तारीखका दिन इरानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ भने २८ अक्टुबरका दिन आयोजक ताजिकिस्तानसँगै दोस्रो खेल खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले ३१ अक्टुबरका दिन लेबनानसँग खेल्नेछ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न