काठमाडौं । प्रतिष्ठित साफ च्याम्पियनसिपको फाइनलमा पहिलोपटक पुग्न सफल भएर इतिहास रचेको नेपाली फुटबल टोलीलाई नगद पुरस्कारको घोषणा गरिएको छ ।
नेपाली फुटबल टोलीलाई उक्त नगद पुरस्कारको घोषणा कुश्मा नगरपालिका, पर्वतले गरेको हो । नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले टोलीलाई नगद २ लाख पुरस्कारको घोषणा गरेका हुन् ।
नगरप्रमुख जोशीले नेपाली टोलीले साफमा उपविजेता बन्दै ऐतिहासिक सफलता हासिल गरेकोले खेलाडीहरुलाई थप हौसला प्रदान गर्न नगद पुरस्कारको घोषणा गरेको बताएका छन् । यो नगद पुरस्कारको घोषणाले खेलाडीहरु थप प्रोत्साहित हुने उनको बुझाई छ ।
स्मरण रहोस, शनिबार सम्पन्न प्रतिष्ठित साफ च्याम्पियनसिपको फाइनलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग ३–० को हार बेहोर्दै उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो । यद्यपि २८ बर्षपछि साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपालले इतिहास रच्न भने सफल भएको थियो ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न