News
उपाधिका लागी शिवपुरी र शिवपुरी नवजागृती भिडने
काठमाडौं । छैठौं बुढानिलकण्ठ नगरकप फुटबल प्र्तियोगिताको फाइनलमा साविक विजेता शिवपुरी युवा क्लब र शिवपुरी नवजागृति युवा क्लब भिड्ने भएका छन् ।
बुढानिलकण्ठ स्कुलको खेलमैदानमा भएको पहिलो सेमिफाईनलमा डिफेन्डिङ च्याम्पियन शिवपुरी युवा क्लबले चुनिखेल युवा क्लबलाई शुन्यका विरुद्ध ३ गोलले हराउँदै फाईनलमा आफ्नो स्थान सुरक्षीत गरेको हो ।
त्यस्तै दोस्रो सेमिफाईनल खेलमा शिवपुरी नवजागृती युवा क्लबले वासिक क्लबलाई सडनडेथमा पराजित गरी डिफेन्डिङ च्याम्पियन शिवपुरी युवा क्लबसँगको फाईनल भिडन्त पक्का गरेको हो ।
बुढानिलकण्ठ युवा समाजको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यहि असोज २८ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न