काठमाडौं । इण्डोनेसियन शिर्ष लिगमा चर्चित क्लब पर्सिजा जकार्ताका लागि व्यवसायीक फुटबल खेलिरहेका नेपालका स्टार खेलाडी रोहित चन्दले नयाँ सिजनमा टोलीका लागि पहिलो गोल गरेका छन् ।
मंगलबार पकनसरी बोगोर स्टेडियममा भएको खेलमा जकार्ताले पर्सितासँग १–१ को बराबरी खेलेको खेलमा जकार्ताका लागि रोहितले नै शुरुवाती गोल गरेका थिए । तर जकार्ताले त्यो गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य भयो ।
रोहितले पहिलो हाफको ३०औं मिनटमा गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । तर पहिलो हाफ कै ४२औं मिनटमा इर्सद मौलानाले पर्सिताका लागि बराबरी गोल फर्काएका थिए ।
यो नतिजापछि ५ खेलबाट ७ अंक जोडेको जकार्ता लिगतालिकाको छैठौं स्थानमा छ र लिगलिडर बाली युनाइटेड भन्दा ४ अंकले पछाडी छ । उता जकार्तालाई बराबरीमा रोकेको पर्सिता भने समान अंक भए तापनि गोल भिन्नताले पछि पर्दै जकार्ता भन्दा एक स्थान तल सातौं स्थानमा छ ।
जकार्ताले आफ्नो आगामी खेल शनिबार पर्सिराजा बन्दा आसेहसँग खेल्नेछ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न