
काठमाडौं । इण्डोनेसियन शिर्ष लिगमा चर्चित क्लब पर्सिजा जकार्ताका लागि व्यवसायीक फुटबल खेलिरहेका नेपालका स्टार खेलाडी रोहित चन्दले नयाँ सिजनमा टोलीका लागि पहिलो गोल गरेका छन् ।
मंगलबार पकनसरी बोगोर स्टेडियममा भएको खेलमा जकार्ताले पर्सितासँग १–१ को बराबरी खेलेको खेलमा जकार्ताका लागि रोहितले नै शुरुवाती गोल गरेका थिए । तर जकार्ताले त्यो गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य भयो ।
रोहितले पहिलो हाफको ३०औं मिनटमा गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । तर पहिलो हाफ कै ४२औं मिनटमा इर्सद मौलानाले पर्सिताका लागि बराबरी गोल फर्काएका थिए ।
यो नतिजापछि ५ खेलबाट ७ अंक जोडेको जकार्ता लिगतालिकाको छैठौं स्थानमा छ र लिगलिडर बाली युनाइटेड भन्दा ४ अंकले पछाडी छ । उता जकार्तालाई बराबरीमा रोकेको पर्सिता भने समान अंक भए तापनि गोल भिन्नताले पछि पर्दै जकार्ता भन्दा एक स्थान तल सातौं स्थानमा छ ।
जकार्ताले आफ्नो आगामी खेल शनिबार पर्सिराजा बन्दा आसेहसँग खेल्नेछ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै