काठमाडौं । विश्व फुटबलको नियमनकारी निकाय फिफाले सेप्टेम्बर महिनाका लागि निकालेको नयाँ वरियतामा नेपालको वरियता भने यथावत रहेको छ ।
गत महिना पनि १६८औं वरियतामा रहेको नेपाल यस महिना पनि सोही वरियतामा यथावत छ । दक्षिण एसियातर्फ भने नेपाल तेस्रो रहेको छ । त्यस्तै दुई स्थान तल खस्किएको भारत १०७औं स्थानमा छ र दक्षिण एसियातर्फ शिर्ष स्थानमा कायम छ ।
फिफा वरियताको १५८औं स्थानमा रहेको साफ च्याम्पियन माल्दिभ्स दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ । त्यसैगरी १८७औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ नेपालपछि चौथो स्थानमा छ भने १८९औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ ।
त्यस्तै फिफाको कारवाहीमा परेको पाकिस्तान १९८औं स्थानमा छ र दक्षिण एसियातर्फ छैठौं स्थानमा छ भने २०५औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ सातौं स्थानमा छ ।
विश्व वरियताको शिर्ष स्थानमा बेल्जियम
फिफाले बिहीबार निकालेको नयाँ वरियतामा युरोपियन जायन्ट बेल्जियम शिर्ष स्थानमा छ । दक्षिण अमेरिकी महारथी ब्राजील दोस्रो स्थानमा रहँदा अर्को युरोपियन राष्ट्र इङल्याण्ड भने तेस्रो स्थानमा छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै