
काठमाडौं । नेपाल विरुद्धको दुइृ मैत्रीपुर्ण फुटबल म्याचका लागि भारतको २५ सदस्यीय राष्ट्रिय फुटबल टोली आज काठमाडऔं आउँदैछ । कोलकातामा दुई साता लामो अभ्यास र केही प्रदर्शनी खेल समेत खेलेको भारतीय टोली आज काठमाडौं आइपुग्ने अल इण्डिया फुटबल फेडरेशन (एआईएफएफ) ले जनाएको छ ।
कोलकातामा बन्द प्रशिक्षण सकेर भारतीय टोली आइतबार नै दिल्ली फर्किएको थियो । साथै भारतीय टोली दिल्लीबाट आज काठमाडौं प्रस्थान गर्ने फेडरेशनले जनाएको छ ।
फेडरेशनले नेपाल विरुद्धको खेलका लागि सिनियर फुटबल टोली नै आउने यसअघि नै घोषणा गरिसकेको छ । जसमा नियमित कप्तान सुनिल क्षेत्री, गोलरक्षक गुरप्रित सिंह सन्धु, मनविर सिंह, ग्लेन मार्टिन्स जस्ता अनुवभी खेलाडीहरु पनि सामेल छन् ।
भारतीय टोलीले कोलकातामा गरेको बन्द प्रशिक्षणका क्रममा त्यहाँ दुई प्रदर्शनी खेल समेत खेलेको थियो । जसमा भारतले पहिलो खेलमा इण्डियन फुटबल एसोसिएशन (आइएफए) लाई १–० ले हराएको थियो भने दोस्रो खेलमा चर्चित आई लिग कलब मोहम्मदन स्र्पोटिङ क्लबलाई २–० ले पराजित गरेको थियो ।
यता नेपाली टोलीले पनि पोखरा रंगशालामा बन्द प्रशिक्षण गरेको थियो । जुन प्रशिक्षण आइतबार मात्र सम्पन्न भएको छ । साथै नेपाली टोली पनि भारत विरुद्धको मैत्रीपुर्ण फुटबल म्याचका लागि काठमाडौं फर्किने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाइसकेको छ ।
स्मरण रहोस, नेपाल र भारतबीचको पहिलो खेल यहि भदौ १७ गते बिहीबारका दिन हुनेछ भने दोस्रो खेल भदौ २० गते आइतबारका दिन हुनेछ । दुवै खेल काठमाडौं स्थित दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै