News
राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणका लागि कतार जाने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बन्द प्रशिक्षणका लागि कतार जाने भएको छ । यो कुराको पुष्टी बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले आधिकारि रुपमा समेत गरेको छ ।
एन्फाका अनुसार नेपाली टोली सेप्टेम्बर १० (भदौ २५) तारीखका दिन कतार प्रस्थान गर्नेछ । हाल बन्द प्रशिक्षणमा रहेका २५ सदस्यीय टोली नै कतार जाने एन्फाले जनाएको छ ।
साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोली कतारबाट सेप्टेम्बर २७ तारीखका दिन माल्दिभ्स प्रस्थान गर्ने समेत एन्फाले जानकारी दियो । स्मरण रहोस, साफ च्याम्पियनसिप १ देखि १६ अक्टुबरसम्म माल्दिभ्समा हुँदैछ ।
हाल नेपाली टोली पोखरामा बन्द प्रशिक्षणमा व्यस्त छ । साथै नेपालले यहि आउँदो सेप्टेम्बर २ र ५ तारीखका दिन भारतसँग मैत्रीपुर्ण फुटबल म्याच खेल्ने कार्यक्रम पनि छ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै