
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले प्रधानमन्त्री शेर बहादुर देउवालाई कर्मचारीका हकहितका कुरालाई समेटर ज्ञापन पत्र बुझाएको छ ।
शुक्रबार बालुवाटरमा संघका अध्यक्ष रञ्जन थापाको नेतृत्वमा गएको संघको प्रतिनिधी मण्डलले खेलकुद परिषद र खेल क्षेत्रमा रहेको विभिन्न बिकृती र विसंगतीलाई समेटर कर्मचारीका हकहितका बिषयलाई समेटेर परिषदका संरक्षक समेत रहेका प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा लामो समय देखि बढुवा नभएको, करार ब्यवस्थापन गर्नु पर्ने, स्थायी प्रकृया थाल्नु पर्ने, कर्मचारीहरुलाई प्रदेशमा समायोजन नगरी काजमा खटाईएकोमा समायोजन गर्नु पर्ने, उपदान रकम १५ प्रतिशत कट्टा गरिएकोमा निजामती कर्मचारी सरहनै ५ प्रतिशत मात्रै कट्टा गर्नु पर्ने र निजामती कर्मचारी सरहनै सेवा तथा सुविधा प्राप्त गर्नु पर्ने लगायतका माग यथासक्य छिटो कार्यान्वयनमा ल्याउन पहल गर्नका लागि प्रधानमन्त्रीमा सम्वोधन गरिएको छ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय