काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले प्रधानमन्त्री शेर बहादुर देउवालाई कर्मचारीका हकहितका कुरालाई समेटर ज्ञापन पत्र बुझाएको छ ।
शुक्रबार बालुवाटरमा संघका अध्यक्ष रञ्जन थापाको नेतृत्वमा गएको संघको प्रतिनिधी मण्डलले खेलकुद परिषद र खेल क्षेत्रमा रहेको विभिन्न बिकृती र विसंगतीलाई समेटर कर्मचारीका हकहितका बिषयलाई समेटेर परिषदका संरक्षक समेत रहेका प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा लामो समय देखि बढुवा नभएको, करार ब्यवस्थापन गर्नु पर्ने, स्थायी प्रकृया थाल्नु पर्ने, कर्मचारीहरुलाई प्रदेशमा समायोजन नगरी काजमा खटाईएकोमा समायोजन गर्नु पर्ने, उपदान रकम १५ प्रतिशत कट्टा गरिएकोमा निजामती कर्मचारी सरहनै ५ प्रतिशत मात्रै कट्टा गर्नु पर्ने र निजामती कर्मचारी सरहनै सेवा तथा सुविधा प्राप्त गर्नु पर्ने लगायतका माग यथासक्य छिटो कार्यान्वयनमा ल्याउन पहल गर्नका लागि प्रधानमन्त्रीमा सम्वोधन गरिएको छ ।


- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने