News फेरि मनाङ फर्किए केसी
गोलनेपाल

काठमाडौं । घरेलु फुटबलको चर्चित र सफलतम क्लब मनाङ मस्र्याङ्दी क्लबले अनुभवी मिडफिल्डर रुपेश केसीले फेरि अनुवन्ध गरेको छ । मनाङमा आवद्ध भएको कुरा केसीले पनि स्वयम पुष्टी गरे ।

“फेरि मनाङ मै फर्किन पाउँदा खुशी छु । मनाङसँग मेरो विशेष सम्बन्ध पनि छ । क्लबसँग अहिलेलाई एक बर्षको सम्झौता भएको छ । आउँदो शहिद स्मारक ए डिभिजन लिगमा मनाङ कै लागि खेल्ने निश्चित भएको छ । यसपटक पनि क्लबका लागि राम्रो खेल्दै र टोलीलाई उपाधि जिताउने लक्ष्य लिएको छु ।” केसीले भने ।

स्मरण रहोस, सन् २०१४ मा मनाङले किर्तिमानी सातौंपटक लिग उपाधि जित्दा केसी पनि टोलीका महत्वपुर्ण सदस्य थिए । मनाङमा यसअघि पाँच बर्ष बिताएका केसीले टोलीका लागि विभिन्न प्रतियोगिताहरुमा कप्तानी समेत गरेका थिउ ।

केसीले मनाङसँग एक बर्षका लागि सम्झौता भएको बताए तापनि आर्थिक सम्झौताबारे भने खुलाएनन् । गत संस्करण भने उनले ए डिभिजन लिग रुस्लान थ्रीस्टारका लागि खेलेका थिए ।

 

Post Comments