काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुला अल्मुतारीले बन्द प्रशिक्षणमा रहेका प्रारम्भिक टोलीबाट दश खेलाडीहरुलाई बाहिर निकालेका छन् । सोमबार आधिकारिक रुपमा एन्फाले यो कुराको घोषणा समेत गरेको छ ।
दश खेलाडीहरु बन्द प्रशिक्षणबाट निस्किएपछि अब प्रारम्भिक टोलीमा कुल २८ खेलाडीहरु मात्र सामेल छन् । हाल पोखरामा बन्द प्रशिक्षण गरिरहेको राष्ट्रिय फुटबल टोलीबाट बाहिरिने दश खेलाडीहरुमा बिक्रम लामा, सन्जोग राई, बिशाल सुनार, भरत खवास, जर्ज प्रिन्स कार्की, रजिन धिमाल, रणदिप पौडेल, राजिव लोप्चन, त्रिदेव गुरुङ र सेसेहाङ आङदेम्बे रहेका छन् ।
स्मरण रहोस, नेपाली टोली आउँदो अक्टुबरमा माल्दिभ्समा हुन गईरहेको प्रतिष्ठित साफ च्याम्पियनसिपको तयारीमा छन् । यद्यपि साफ च्याम्पियनसिप खेल्नु अघि नेपालले यहि आउँदो सेप्टेम्बर २ र ५ तारीखका दिन दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपुर्ण फुटबल म्याच खेल्ने पनि तय भइसकेको छ ।
प्रारम्भिक टोलीमा परेका २८ खेलाडीहरुः
किरन कुमार लिम्बु, बिशाल श्रेष्ठ, दिप कार्की, बिकेश कुथु, अर्पन कार्की, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, कमल थापा मगर, सुमन लामा, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, बिशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, अन्जन बिष्ट, मनिष डाँगी, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, अभिषेक रिजाल, शिशिर लेखी
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै