
काठमाडौं । नेपालको पहिलो फ्रेन्चाईज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिगतर्फ धनगढी एफसीले आफ्नो पहिलो खेलमै नमज्जाको हार बेहोरेको छ ।
स्टार गोलरक्षक किरन चेम्जोङको कप्तानीमा उत्रिएको धनगढीले आइतबार बिराटनगर सिटी एफसीसँग ३–० ले निराश बन्न पुग्यो । दशरथ रंगशालामा भएको खेलमा धनगढीले पहिलो हाफको १५औं मिनटमै गोल खान पुगेको थियो ।
बक्स भित्र घुलमुलको स्थितिमा बिक्रम धिमालले विपक्षी खेलाडी र गोलरक्षक किरनलाई जिल्याउँदै बिराटनगरका लागि पहिलो गोल गरेका थिए । थप दुई गोल भने दोस्रो हाफमा सम्भव
५७औं मिनटमा अडिलेजा सोमिडेले बिराटनगरका लागि दोस्रो गोल थप्दा धनगढी खेलमा फेरि सम्हालिन सकेन । ६९औं मिनटमा सन्तोष तामाङले बक्सको दाँया भागबाट गरेको कडा प्रहारले बलको जाली चुम्दा बिराटनगरले प्रभावशाली जित सुनिश्चित गरेको थियो ।
खेलमा सन्तोष तामाङ म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद २५ हजार र ट्रफी हात पारे । यो जितसँगै बिराटनगरले लिगमा महत्वपूर्ण तीन अंक समेत जोड्न सफल भएको छ । बिराटनगरले आफ्नो दोस्रो खेल पोखरा थन्डर्ससँग खेल्नेछ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय