News आर्मी र किर्गिस्तानले मैत्रीपुर्ण फुटबल म्याच खेल्ने
गोलनेपाल

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब र किर्गिस्तानको ओलम्पिक टोलीले आइतबार मैत्रीपुर्ण फुटबल म्याच खेल्ने भएको छ । यो कुराको पुष्टी अखिल नेपाल फुटबल संघ (एन्फा) ले समेत गरेको छ ।

किर्गिज टोलीसँग मैत्रीपुर्ण फुटबल म्याचबारे गरिएको आग्रह पाहुना टोलीले स्वीकार गरेको एन्फाले जनाएको छ । आर्मी र किर्गिस्तानबीचको सो खेल दशरथ रंगशाला मै दिनको ३ः३० बजेदेखि शुरु हुने एन्फाले जनाएको छ । साथै एन्फाका अनुसार आर्मी र किर्गिस्तानबीच हुने सो खेलको प्रवेश पनि निःशुल्क गरिएको छ ।

स्मरण रहोस, आर्मी हाल एएफसी एसियन कपको प्रारम्भिक चरणको खेल खेल्ने तयारीमा छ । आर्मीले आउँदो अप्रिल ७ तारीखका दिन श्रीलंका पुलिससँग खेल्ने तय भइसकेको छ ।

 

 

Post Comments