
हेटौडा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब जारी स्थानीय तह शहिद स्मृति तेस्रो मकवानपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न कडा र प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनलमा आर्मीले अफ्रिकन रुटस एशोसिएशन, क्यामरुन माथि १–० को साँघुरो जित निकाल्यो ।
हेटौडा–१० स्थित फरेष्ट्री खेलमैदानमा सम्पन्न खेलमा आर्मीका लागि दोस्रो हाफको ६८औं मिनटमा आशिष शाक्यले गरेको एक मात्र गोल निर्णायक बन्यो ।
खेलको म्यान अफ द म्याच भने आर्मीका कप्तान टेक बहादुर बुढाथोकी घोषित भए । उनले पुरस्कार वापत नगद १० र ट्रफी हात पारे । आर्मीले फाइनलमा आयोजक मकवानपुर–११ सँग उपाधिका लागि भिड्नेछ । फाइनल खेल यहि चैत ७ गते शनिबारका दिन हुनेछ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।