News कपिलवस्तु–११ लिस्नु कपको सेमिफाइनलमा
सुरज राना मगर

कोटिहवा । प्रतिस्पर्धात्मक जितका साथ कपिलवस्तु–११, कपिलवस्तु रुपन्देहीमा जारी प्रतिष्ठित २४औं लिस्नु कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न पहिलो क्वाटरफाइनलमा कपिलवस्तुले झरना स्पोर्टस क्लब, कुञ्जलापुरलाई ५–३ को अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

कपिलवस्तुको जितमा मनिष थारुले दुई गोल गर्दा गणेश पुलामी मगर, विश्व लामा र बिज्ञान खड्काले समान एक–एक गोल गरे । उता पराजित झरनाका लागि आशिष गुरुङले दुई गोल गर्दा थप एक गोल अजित लामाले गरे ।

खेलमा कपिलवस्तुका लागि महत्वपूर्ण दुई गोल गरेका मनिष चौधरी म्यान अफ द म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तर्गत असोज ५ गते सोमबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक लिस्नु युवा क्लब, कोटिहवा र एप्पल गुरु सुर्यपुर एफसी, चितवनबीच हुने खेल संयोजक रोमन गुरुङले जानकारी दिए ।

 लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०१,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही असोज ११ गतेका दिन हुनेछ ।

Post Comments