टिकापुर । कैलालीको टीकापुरस्थित वीरेन्द्र खेलमैदानमा जारी “युथ अफ टीकापुर प्रथम महिला खुला फुटबल प्रतियोगिता–२०८३” अन्तर्गत १४ जीआर एफसी र एनवाइएमईएस बर्दियाबीच हुने तय भएको खेल प्राविधिक कारणले एक दिनका लागि स्थगित गरिएको आयोजकले जनाएको छ।
निर्धारित तालिकाअनुसार उक्त खेल यसअघि तय गरिएको मितिमा सञ्चालन हुने कार्यक्रम रहे पनि केही प्राविधिक समस्याका कारण खेल अब वैशाख ३० गते दिउँसो १ बजे सञ्चालन गरिने भएको हो। खेल टीकापुरस्थित वीरेन्द्र खेलमैदानमै हुनेछ।
प्रतियोगितामा पश्चिम नेपालका विभिन्न जिल्लाका महिला टोलीहरूको सहभागिता रहेको छ। महिला खेलाडीहरूको क्षमता अभिवृद्धि, आत्मविश्वास विकास तथा महिला फुटबलको प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजक युथ अफ टीकापुरले जनाएको छ।
प्रतियोगिताको विजेताले नगद रु. २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
प्रतियोगिताको उद्घाटन वैशाख २७ गतेदेखि सुरु भएको हो भने फाइनल खेल जेठ ३ गते दिउँसो ३:३० बजे सञ्चालन हुनेछ।
- वनदेवी क्वार्टरफाइनलमा, चारपातेलाई पेनाल्टीमा ३–० ले हरायो
- कैलालीको लम्कीचुहामा ‘न्यू ज्योति कप २०८३’ र तीज मेला हुने
- सुदूरपश्चिमको ऐतिहासिक २७औँ महिला तथा पुरुष फुटबल प्रतियोगिताको तयारी सुरु
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक