News
बुढीगंगा गोल्डकपः चात्या सा फाइनलमा, उपाधिका लागि सलहेशसँग भिड्ने
बुढीगंगा । चात्या सा फुटबल क्लब, दमक, झापा मोरङमा जारी प्रथम बुढीगंगा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा चात्या सा ले जस्ट जोन फुटबल क्लब, नाइजेरियालाई १–० को अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । चात्या साको जितमा रिचार्डले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो । खेलमा चात्या सा कै शिशिर लेखी म्यान अफ दि म्याच बने ।
चात्या सा ले अब यही चैत्र २७ गतेका दिन हुने फाइनलमा सलहेश युवा क्लब, सिरहासँग उपाधिका लागि भिड्ने आयोजकले जानकारी दियो ।
ढीगंगा गाउँपालिका, हात्तीमुढा, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।
Post Comments