News पथरी शनिश्चरे भेट्रान्सको विजयी सुरुवात
गोपाल काफ्ले

पथरी । मोरङको पथरी शनश्चरे नगरमा आजबाट सुरु भएको पथरी शनिश्चरे भेट्रान्स गोलडकपमा लखनपुर भेट्रान्स दमकलाई हराउदै आयोजक पथरी शनिश्चरे भेट्रान्स (ब्लु) विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आयोजक पथरी शनिश्चरे भेट्रान्सले लखनपुर भेट्रान्सलाई ३-१ गोलले अन्तरले पराजित गर्दै सेमिफाईन प्रबेश गरेको हो ।

पुर्व राष्ट्रिय खेलाडी सहित मैदान प्रबेस गरेको पथरी शनिश्चरे भेट्रान्सका लागि खेलको ४ मिनेटमा रोजिन सिवाकोटिले गोल गर्दै अग्रता लिएका थिए । आयोजकबाट पुर्व राष्ट्रिय खेलाडी दिपक राई, बुद्व चेम्जोङ र संजिव बुढाथोकी मैदान प्रबेश गरेका थिए ।

पहिलो हाफ १-० गोलको अग्रता लिएको आयोजकका लागि दोस्रो हाफको ५० औं मिनेटमा वुद्व चेम्जोङले गोल गर्दै अग्रता दोब्बर पारे । खेलको ५२ औं मिनेटमा पासर लिम्बुले गोल गर्दै अग्रता तेब्बर बनाए । दमका लागि एक मात्र सान्तवना गोल खेलको ६६ औं मिनेटमा करण राईले फर्काए । खेलको म्यान अद दि म्याच पथरी शनिश्चरे भेट्रान्सका अनिल चुडाल घोषित हुदै नगद दुई हजार प्राप्त गरे । भोलिको दोस्रो क्वाटर खेल आयोजक पथरी भेट्रान्स (रेड) र ईटहरी भेट्रान्स सुनसरी बिच हुनेछ ।

Post Comments