काठमाडौं । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएका तीन खेलहरुमा संकटा फुटबल क्लब, एपिएफ फुटबल क्लब र जावलाखेल युथ क्लबले आ–आफ्नो खेलहरुमा जित हात पारेका छन् ।
च्यासल स्टेडियममा भएको दिनको पहिलो खेलमा संकटाले कांक्रेबिहार क्लबलाई ४–० को अन्तरले हरायो । संकटाको जितमा अनिष महर्जन, कृष्ण बहादुर आले, बिशाल तामाङ र गिलबर्ट बिल्गोले गोल गरे ।
त्यस्तै च्यासल स्टेडियम मै भएको अर्को खेलमा एपिएफले फ्रेण्डस क्लबलाई १–० को साँघुरो अन्तरले हरायो । फ्रेण्डसका खेमराज श्रेष्ठले गरेको आत्मघाती गोल नै एपिएफलाई जित दिलाउन निर्णायक गोल बन्यो ।
त्यसैगरी एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा जावलाखेलले श्री भगवती क्लबमाथि ४–० को उत्कृष्ट जित दर्ता गर्यो । जावलाखेलको जितमा हेमिल्टन र धर्मेन्द्रले समान दुई–दुई गोलको योगदान दिंदै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान