काठमाडौं । थाइल्याण्डमा जारी साफ पुरुष फुटसल च्याम्पियनसिपतर्फ नेपालले आफ्नो खेलमा बराबरी खेलेको छ । पहिलो खेलमा श्रीलंकालाई २–१ ले हराएको नेपालले आइतबार दोस्रो खेलमा भारतसँग ३–३ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेको हो । नेपालले आफ्नो आगामी खेल २० जनवरीका दिन पाकिस्तानसँग खेल्ने कार्यक्रम छ ।
आइतबार नै भएको दोस्रो खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पाकिस्तानले श्रीलंकालाई ५–२ ले पराजित गर्यो । आइतबार नै भएको तेस्रो खेलमा बंगलादेशले भुटानमाथि ४–१ को जित निकाल्यो ।
आइतबारको नतिजापछि २ खेलबाट ६ अंक जोडेको माल्दिभ्स शिर्ष स्थानमा छ । तीन खेलबाट ६ अंक जोडेको पाकिस्तान दोस्रो स्थानमा रहँदा दुई खेलबाट ४ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । त्यस्तै तीन खेलबाट समान ४ अंक जोडेको बंगलादेश चौथो स्थानमा रहँदा दुई खेलबाट २ अंक जोडेको भारत पाँचौं स्थानमा छ । त्यस्तै समान ३ खेलबाट समान एक–एक अंक जोडेका भुटान र श्रीलंका क्रमशः छैठौं र सातौं स्थानमा छन ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल