काठमाडौं । एन्फा यु–१६ युथ लिगतर्फ बिहीबार तीन खेलहरु सम्पन्न हुँदा नेपाल पुलिस क्लब, फ्रेण्डस क्लब, चर्च ब्वाईज युनाइटेड र मच्छिन्द्र फुटबल क्लबले आ–आफ्नो खेलहरुमा महत्वपूर्ण जित हात पारेका छन् ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा पुलिसले श्री भगवती क्लबलाई ५–१ ले हरायो । पुलिसको जितमा समिर कुमारले दुई गोल गर्दा, रिजन राज गौतम, दिपसन पाण्डे र अभिषेक कुमार श्रेष्ठले समान एक–एक गोल गरे । उता पराजित भगवतीका लागि भने अनिल गुरुङले एक मात्र गोल फर्काएका थिए । खेलमा पुलिसका अभिषेक कुमार श्रेष्ठ प्लेयर अफ दि म्याच बने ।
दोस्रो खेलमा फ्रेण्डसले एपिएफ फुटबल क्लबमाथि २–० को जित हात पार्यो । फ्रेण्डसको जितमा दुवै गोल सदानन्द मास्की मगरले गरे । दुई गोलकर्ता सदानन्द नै खेलको प्लेयर अफ दि म्याच पनि चुनिए ।
त्यस्तै तेस्रो खेलमा चर्च ब्वाईजले संकटा फुटबल क्लबलाई १–० को साँघुरो अन्तरले हरायो । चर्च ब्वाईजको जितमा बिमल तामाङले एक मात्र निर्णायक गोल गरे । खेलको प्लेयर अफ दि म्याच भने चर्च ब्वाईज कै साजन तामाङ घोषित भए ।
त्यसैगरी दिनको चौथो खेलमा मच्छिन्द्र फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई ९–० को फराकिलो अन्तरले हरायो । मच्छिन्द्रको जितमा साइरस डंगोलले चार गोल गर्दा, विकास थापाले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यस्तै राहुल कुमार योञ्जन र करन धामीको नाममा एक–एक गोल रह्यो । खेलमा मच्छिन्द्रका चार गोलकर्ता साइरस डंगोल प्लेयर अफ दि म्याच बने ।
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने