News दोस्रो धर्मवस्ती कप पुष १२ गतेदेखि
सुरज राना मगर

बर्दघाट । उदय युवा क्लब, बर्दघाट नगरपालिका–१४, धर्मवस्ती, नवलपरासीको आयोजनामा आउँदो पुष १२ गतेदेखि दोस्रो धर्मवस्ती कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

बर्दघाट नगरपालिका–१४, धर्मवस्ती स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु भईसकेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

 

Post Comments