सर्लाही — प्रथम हरिपुर गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा टि एस पि धनुषाले प्रभावशाली प्रदर्शन गर्दै हरिपुर युवा समाजलाई ६–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
धनुषाका जर्सी नं १३ आशिस भुजेल र जर्सी नं ७ सुदिप मगरले समान २–२ गोल गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। यस्तै जर्सी नं ३ हेमन्त भुजेलले एक गोल गरे भने थप एक गोल उपहार गोलको रुपमा प्राप्त भएको थियो।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका जर्सी नं ७ सुदिप मगर प्लेयर अफ द म्याच घोषित भए।
भोलिको खेलमा बिरगंज युनाइटेड र कटारी फुटबल क्लब उदयपुर आमनेसामने हुनेछन्।
नव संघर्षशील युवा क्लब, हरिपुर नगरपालिका–२, सानो जगतपुर, सर्लाहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल पौष १ गतेका दिन हुनेछ ।
- युनाइटेड युवा क्लब महोत्तरीलाई मधेस प्रदेश स्तरीय स्ववियु कपको उपाधि
- बेङ्गाडावर स्ववियु कपको उपाधि नजिक
- १० खेलाडीमा समेटिएको युनाइटेड स्ववियु कपको उपाधि नजिक
- गोलबजार र चतुर्भुजेश्वरको जितसँगै स्ववियु कपको सेमिफाइनल समीकरण पूरा
- प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कपमा बुधबार दोस्रो क्वार्टरफाइनल खेल सम्पन्न