News चिडियादह प्रथम हरिपुर गोल्डकपको क्वाटरफाइनलमा प्रवेश
गोलनेपाल

हरिपुर । चिडियादह स्टार क्लब, रौतहट यहाँ जारी प्रथम हरिपुर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको प्रिक्वाटरफाइनलतर्फ चिडियादहले हेटौडा एफए, मकवानपुरलाई ३–० को अन्तरले हराउँदै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

चिडियादहको जितमा विज्ञान खड्काले दुई गोल गर्दा थप एक गोल सन्देश चौधरीले गरे । चिडियादहका दुई गोलकर्ता विज्ञान खड्का खेलको म्यान अफ दि म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तर्गत मंसिर २३ गते मंगलबारको खेल हरिपुर युवा समुह र टिएसपी एफसी, धनुषा बीच हुने आयोजकले जानकारी दियो ।

नव संघर्षशील युवा क्लब, हरिपुर नगरपालिका–२, सानो जगतपुर, सर्लाहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल पौष १ गतेका दिन हुनेछ ।

 

Post Comments