सुन्दरहरैचा । सोमबारदेखि मोरङमा शुरु भएको उनी प्रथम गछि गोल्डकप फुटबल प्रतियोगितामा सलहेश युवा क्लब, सिराहाले विजयी शुरुवात गरेको छ ।
गछिया खेलमैदानमा भएको उद्घाटन खेलमा सलहेशले बेलबारी फुटबल क्लब, मोरङलाई १–० ले हराउँदै विजयी शुरुवात गरेको हो । खेलको २०औं मिनटमा रोमन भुजेलले गरेको एक मात्र गोल सलहेशको जितमा निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता रोमन भुजेल नै खेलको म्यान अफ दि म्याच चुनिए ।
यो जितसँगै सलहेश सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंसिर १६ गते मंगलबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक गछिया युवा समाज, मोरङ र लिजेण्ड फुटबल एकेडेमी, सिलिगुडी (भारत) बीच हुनेछ ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी सुन्दरहरैचा नगरपालिका, मोरङका नगर प्रमुख केदार प्रसाद गुरागाईले गरेका थिए ।
गछिया युवा समाज, सुन्दरहरैचा–३, मोरङको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने मंसिर २२ गतेका दिन हुनेछ ।