News
पूर्वेली भेट्रान्स र आयोजक झिलझिले भेट्रान्स फाइनलमा भिड्ने
झापा, झिलझिले । स्वर्गीय पवन राई स्मृति तेस्रो अन्तर प्रदेश नकआउट भेट्रान्स फुटबल प्रतियोगिताको छैटौँ दिनको सेमीफाइनल खेल आयोजक झिलझिले भेट्रान्स क्लब र ढल्के जोवन भेट्रान्स क्लब उर्लाबारी बीच भएको खेलमा आयोजक ले १-० को छोटो अन्तरले उलाबारीको ढल्के जोवन भेट्रान्स हराउँदै फाइनलको यात्रा गर्न सफल भएको छ।
पहिलो हाफको खेलको एकमात्र गोल भने विशाल राईले गरेका थिए। खेलको म्यान अफ दि म्याच आयोजक टिमका रक्षापन्तीका खेलाडी प्रेम लिम्बु घोषित भएका छन्।
स्वर्गीय पवन राईको स्मृतिमा आयोजित तेस्रो प्रदेश स्तरीय भेट्रान्स फुटबल प्रतियोगिता २०८२ को फाइनल खेल कार्तिक २ गते हुने आयोजकले बताएको छ। आयोजक झिलझिले भेट्रान्स क्लब शिवशक्ति भर्सेस पुर्वेली युनाइटेड भेट्रान्स बिर्तामोड फाइनलमा भिड्ने छन् ।
Post Comments